दफा २४
बोर्डको लेखा
(१) बोर्डले आफ्नो काम कारबाहीको अभिलेख अद्यावधिक बनाई राख्नु पर्नेछ । (२) बोर्डले आर्थिक वर्ष समाप्त भएको बढीमा छ महिनाभित्र सो आर्थिक वर्षको आय व्ययको हिसाब, वासलात तथा लेखा सम्बन्धी विवरण अन्तर्राष्ट्रिय प्रचलन अनुरुपको लेखा प्रणाली अनुसार तयार गरी राख्नु पर्नेछ ।